२०७२ साल बैशाख १२ गतेको महाभूकम्प र त्यस पछिको पराकम्पनहरुबाट यस जिल्लामा ३३ जनाले ज्यान गुमाउनुका साथै ७७१ जना घाइते भए र उक्त भूकम्पका कारण यस जिल्लामा पनि बिभिन्न पुरातात्विक महत्वका संरचनाहरु, सार्वजनिक संरचनाहरु जस्तै( खानेपानी, सिंचाई, सडक, वडा कार्यालय) साथै निजि सम्पतिको समेत गरि अर्बौ रुपैयाँको क्षति यस जिल्लाले बेहिर्नु पर्यो | भूकम्प पछिको पुनर्निर्माण र पुनर्स्थापना कार्यको समन्वय गर्नको लागि बिशेष एन मार्फत पुस १०, २०७२ मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना भए पश्चात सम्बन्धित बिभाग अन्तर्गत रहनेगरी यस जिल्लामा पनि केन्द्रीय आयोजना कार्यान्वयन इकाई अन्तर्गत रहनेगरी यो भूकम्पीय आवास पुनर्निर्माण आयोजना जिल्ला आयोजना कार्यान्वयन इकाई गठन भएको हो | यस जिल्लामा भूकम्प पछिको पुनर्निर्माण तथा पुनर्स्थापना गर्नको लागी ८५,१८८ घरधुरी निरिक्षण गरिएकोमा ७३३५ पुनर्निर्माण लाभग्राहीहरु कायम भएको र ५९३ लाभग्राही प्रबलिकरणमा कायम भइ आएको छ साथै २३९६१ गुनासोकर्ताहरु मध्ये १५७९ पुनर्निर्माण लाभग्राही कायम भइ आएको छ | बाँकि गुनासोकर्ताहरुको छुट तथा पुन:सर्बेक्षण बाट सम्बोधन भई आइसकेको र आउने क्रममा रहेको छ | यस आयोजनाबाट २ सडक तथा र १३० वटा गुम्बा को निरिक्षणगरि केन्द्रमा पठाइसकिएको छ |